अपर सोलु हाइड्रो इलेक्ट्रिकलाई बोर्डले दियो आईपीओ निष्कसनको अनुमति, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई आईपिओ निष्कसनका लागि अनुमति दिएको छ । बोर्डले प्रभावित क्षेत्र र सर्वसाधारणका लागि ३३ लाख ७ हजार ५०० कित्ता आइपिओ निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको आईपिओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया