पुनः ओरालो यात्रामा फर्कियोे नेप्से : जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चर्सको सेयरमूल्यमा सकारात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं - मंगलबार उकालो लागेको नेप्सेले लय समात्न नसक्दा बुधबार बजार सूचक नेप्से पुनः ओरालो यात्रामा फर्किएको छ । लामो समयपछि मंगलबार १३ अंकले बढेको नेप्से सूचकमा बुधबार पुनः ३६.७३ अंकको गिरावट आएको हो ।

सूचक १.५६ प्रतिशतले घटेर २३२०.५१ बिन्दुमा झरेको हो । आज ठूला कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेर ४४१.०८ बिन्दुमा झरेको छ । 

यसदिन २२८ कम्पनीका ३५ लाख ७० हजार १४ कित्ता सेयर ३२ हजार ५०६ पटकको खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँमा समेटिएको छ । मंगलबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बुधबार जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चर्सको लिमिटेडको सेयरमूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जाल्पा लघुवित्तको सेयरमूल्य ५८.२० रुपैयाँ बढेर ६४५.२० रुपैयाँ र ग्रीन भेन्चर्सको सेयरमूल्य २९.८० रुपैयाँ बढेर ३२८ रुपैयाँ पुगेको छ । सामुदायिक लघुवित्तको सेयरमूल्य ३ प्रतिशतले बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया