पत्रकार गगां लिङ्खिमद्धारा जन्मदिनको अवशरमा फरक क्षमताका विद्यार्थीलाई आर्थिक सहयोग

३ बर्ष अगाडि

काठमाडौं - जन्मदिनको अवशर पारेर पत्रकार गगां लिङ्खिमले फरक क्षमताका विद्यार्थीलाई शैक्षिक सामग्री खरिदका लागि रकम सहयोग गरेकी छिन् । 
 
नेपाल पत्रकार महासंघ ताप्लेजुङकी उपाध्यक्ष तथा रेडियो तमोरमा कार्यरत लिङ्खिमले फुङ्लिङ स्थित बालमन्दिर आधारभुत विद्यालयलाई दश हजार एक सय पाँच रुपैयाँ प्रदान गरेकी हुन् । 

सोमबार विद्यालयमै पुगेर लिङखिमले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण पौडेललाई रकम हस्तान्तरण गरेकी विद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौडेलले जानकारी दिए । 

विद्यालयमा हाल २७ जना फरक क्षमताका बालबालिका अध्ययनरत छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया