काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबहाली गरेका छन् ।
अदालतले हिजो गभर्नर अधिकारीलाई कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतले दिएको आदेशको पालना गर्दै उनले आज पदबहाली गरेका हुन् ।
पदबहाली गर्दै गभर्नर अधिकारीले भने, ‘अदालतले पछिपनि न्याय दिनेमा विश्वस्त छु ।’ न्यायाधीश हरि फुँयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश जारी गरेको थियो ।
प्रतिक्रिया