नेप्सेले बन्द गर्‍यो कारोबार अवधिमा फ्लोरसिट हेर्ने सुविधा

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार अवधिमा फ्लोरसिट हेर्ने सुविधा बन्द गराएको छ । 

नेप्सेले धितोपत्र बोर्डको निर्देशन पश्चात वैशाख ७ गते बुधबारदेखि कारोबार समयमा फ्लोर सिट हेर्न नमिल्ने बनाएको हो ।

कारोवार समयमा नै फ्लोर सिटमार्फत कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको थियो । 

अब लगानीकर्ताहरुले कारोबार चलिरहेको समयमा कुन ब्रोकरबाट कुन सेयर कति मात्रामा किनबेच भयो भन्ने विवरण हेर्न पाउने छैनन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया