काठमाडौं - कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्म १ अर्ब ९० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ८.०९ प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी २६.१० प्रतिशतले बढेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १८.४९ रुपैयाँबाट घटेर १६।७९ रुपैयाँमा झरेको छ । पीई रेसियो २१.८५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०४.३० रुपैयाँ र तरलता अनुपात २१.८९ प्रतिशत रहेको छ ।
यस अवधिसम्म बैंकले १ खर्ब ६० अर्ब निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । खराब कर्जा अनुपात ३.०८ प्रतिशतलाई घटाएर २.३२ प्रतिशतमा झार्न बैंक सफल भएको छ ।
फस्ट अफ फन्ड ६.३१ प्रतिशत रहेको बैंकको सीडी रेसियो ९२.५१ प्रतिशत र आधार दर ८.२८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया