बहराइनले माग्यो नेपाली पुरुष महिला कामदार, मासिक तलब तथा सेवासुविधा कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं - बहराइनको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।  मनमा सहरमा रहेको royal phoenicia hotel w.l.l. कम्पनीले विभिन्न पदका लागि ५५ जना पुरुष र ३५ जना महिला गरी जम्मा ९० जना कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ४८ हजार बढी पाउनेछ । इच्छुक कामदारले त्रिवेणी एच आर सोलुसन  प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा बैशाख १३ गते अन्तरवार्ता दिनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन  बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया