नेकपा अध्यक्ष ‘प्रचण्डले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

७ बर्ष अगाडि

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो एक दिवसीय क्रिकेटमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीलाई बधाई दिएका छन् ।

आज एक वक्तव्य जारी गर्दै उनले नेपाली टोलीले ऐतिहासिक जीत हासिल गरेकामा खुसी व्यक्त गरेका छन् ।  वक्तव्यमा अध्यक्ष दाहालले भनेका छन्, “नेपाललाई पहिलो अन्तर्र्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई हार्दिक धन्यवाद एवं बधाई ज्ञापन गर्दछु ।” 

अध्यक्ष दाहालले एकदिवसीय क्रिकेटका कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गर्दै शतक बनाउने पहिलो खेलाडी हुन सफल भएकामा बधाई दिएका छन् ।  त्यस्तै उनले शनिबारको खेलमा रोहित पौडेलले सबैभन्दा कलिलो उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्व रेकर्ड तोड्न सफल भएकामा बधाई दिँदै आगामी दिन अझै राम्रो प्रदर्शनका लागि प्रगतिको कामना गरेका छन् । 
खेलाडी राष्ट्रका गहना मात्र नभएर अमूल्य निधि भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले खेलाडीको उचित सम्मान र प्रोत्साहनमा सिङ्गो राज्य समर्पित हुने विश्वाससमेत दिलाएका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया