९ महिनामा मुक्तिनाथ बन्यो १ अर्ब बढी नाफा कमाउने विकास बैंक

४ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । वित्तिय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्मा १ अर्ब २ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ । यो सँगै १ अर्ब बढी नाफा आर्जन गर्ने विकास बैंकहरुमा पहिलो बन्न सफल भएको छ। 

गत वर्ष बैंकले १ अर्ब ५६ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको थियो ।समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५४ करोड ७२ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा २.६६ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ भएको छ । गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा १ अर्ब ४२ करोड रुपैयाँ भएको थियो । 

बैंकको खुद ब्याज आम्दानी पनि २६.७९ प्रतिशतले बढेर २ अर्ब ४० करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ८९ करोड रुपैयाँ भएको थियो । 

समीक्षा अवधिसम्म बैंकको रिटेन अर्निङ ३८।२६ प्रतिशतले घटेको छ । गत वर्षको यही अवधिमा रिटेन अर्निङ ८९ करोड ६३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ५५ करोड ३४ लाख रुपैयाँमा सीमित बनेको छ । 

समीक्षा अवधिमा बैंकले ९९ अर्ब १ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ८७ अर्ब ८५ करोड बढी कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ८६ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य बढेको छ। गत वर्ष यही अवधिसम्म २३।७० रुपैयाँ रहेको ईपीएस बढेर २४।०६ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ रु. १३७.४१ र पीई अनुपात १९.९४ गुणा कायम भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया