काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ७८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ । जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १५.६९ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकले ६७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनासम्म बैंकको वितरणयोग्य मुनाफा ५० करोड ६० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १५.६२ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ भएको छ । गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा ९६ करोड ६८ लाख रुपैयाँ भएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ३७.२३ प्रतिशतले बढेर १ अर्ब ८५ करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ भएको थियो ।
समीक्षा अवधिमा बैंकले ६६ अर्ब ८६ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ५९ अर्ब ८२ करोड बढी कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ६३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ६८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ । गत वर्ष यही अवधिसम्म २४।६० रुपैयाँ रहेको ईपीएस घटेर २२।८४ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ रु। १४०.२७ र पीई अनुपात १७.९५ गुणा कायम भएको छ ।
प्रतिक्रिया