काठमाडौं - चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंक लिमीटेडले १ अर्ब ५५ करोड रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा २०.२४ प्रतिशतले बढी हो । यस्तै, बैंकले अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ९४ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब २२ करोडको उचाई चुमाएको छ ।
यस्तै ३ अर्ब १६ करोडमा सीमित खूद ब्याज आम्दानी समेत बढेर ३ अर्ब ६० करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसरी बैंकले संचालन मुनाफा र खूद ब्याज आम्दानीतर्फ क्रमशः १४.३२ र १३.९० प्रतिशतको प्रगति गरेको छ ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ४१ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको समान अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ७.१९ र १५.५० प्रतिशतको बढोत्तरी भएको देखिएको छ ।
नाफामा बढोत्तरी भएका कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको समान अवधिसम्म रु. १९.०१ रहेको इपीएस केही बढेर यो वर्ष २०.१७ रुपैयाँ कायम भएको छ ।
बैंकको खराब कर्जाको अनुपात भने केही बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ०.५१ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर ०.८७ प्रतिशत पुगेको हो ।
प्रतिक्रिया