श्रीलंकाका राष्ट्रपति स्वीकारे गल्ती, १७ सदस्यीय नयाँ मन्त्रिपरिषदमा समावेश गरेनन् आफन्त

३ बर्ष अगाडि

काठमाडौं - श्रीलंकामा गम्भीर आर्थिक संकटका बीच राष्ट्रपति गोटाबाया राजपाक्षेले सोमबार १७ सदस्यीय नयाँ मन्त्रिपरिषद् नियुक्त गरेका छन् ।

परिवारवादको आरोप लागेका राजपाक्षेले नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री महिन्दा राजपाक्षेबाहेक आफ्ना आफन्तलाई समावेश गरेका छैनन् । गहिरो आर्थिक संकटका कारण श्रीलंकामा गोटाबायाको राजीनामाको माग बढ्दै गएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार राष्ट्रपति गोटाबायाले सन् २०२० मा रासायनिक मलमाथि प्रतिबन्ध लगाउनु आफ्नो गलत निर्णय भएको स्वीकार गरेका छन् । 

जसका कारण मुलुकमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आएको छ । गोटाबायाले पनि आफ्नो सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट बेलआउट प्याकेज लिन ढिलो गरेको स्वीकार गरे ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया