काठमाडौं - सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १४.२० प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा पनि ४८.१२ प्रतिशतले घटेर ७३ करोड १२ रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १४.६१ प्रतिशतले घटेर २ अर्ब २५ करोड रुपैयाँमा सीमित बनेको छ । गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा २ अर्ब ६४ करोड रुपैयाँ भएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने २।६१ प्रतिशतले बढेर ३ अर्ब ३५ करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३ अर्ब २७ करोड रुपैयाँमा सीमित थियो ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ४६ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब बढी कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत वर्ष यही अवधिसम्म रु.२५.७३ रहेको ईपीएस घटेर १८.८७ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया