सगरमाथा इन्स्योरेन्सले लाभांश अनुमोदन गर्न बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिक साधारण सभा बोलाएको छ ।सभा वैशाख २८ गते काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट हुनेछ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुलन २१.०५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश छन् । 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

यसको अर्थ १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया