स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ९ महिनासम्ममा १ अर्ब ६२ करोड ८७ लाख, कर्जा लगानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा १ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वितिय विवरणले यस्तो देखाएको हो । उक्त नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३७.६१ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा बैंकले १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो। 

चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रहेको बैंकको प्रतिसेयर आम्दानी २३.०३ रुपैयाँ छ । जगेडा कोषमा ५ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ सञ्चित बैंकको प्रतिसेयर नेटवर्थ १८५.८६ रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकले एक खर्ब बढी निक्षेप संकलन गरी ७८ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ३३ करोड २८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । बैंकको खुद ब्याज आम्दानी ३४.८३ र सञ्चालन नाफा ३७.५४ प्रतिशतले बढेको छ ।

बैंकको खराब कर्जा अनुपात घटेर ०.३६ प्रतिशत कायम हुँदा कस्ट अफ फण्ड ५.६२ प्रतिशत, आधारदर ७.५५ प्रतिशत, सिडी रेसियो ८२.६९ प्रतिशत र मूल्य आम्दानी अनुपात १९.७० गुणा छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया