सांग्रिला डेभलपमेन्ट बैंकको आम्दानी ९ महिनामा बढेर १ अर्ब २५ करोड माथि पुग्यो

४ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ४० करोड खूद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो मुनाफा ३५ करोड १६ लाख रुपैयाँ सीमित थियो । अघिल्लो वर्षको यही अवधिसम्म ४७ करोड रुपैयाँमा सीमित संचालन मुनाफा बढेर ५७ करोड १९ लाखभन्दा माथि पुगेको छ भने यो अवधिका लागि वितरणयोग्य मुनाफा २५ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म ८४ करोड ८९ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी बढेर समीक्षा अवधिसम्म १ अर्ब २५ करोड २६ लाखभन्दा माथि पुगेको देखिएको हो । अघिल्लो वर्ष ६५ करोड ९८ लाख रुपैयाँ सीमित रिजर्बको आकार बढेर ७७ करोड ५६ लाख पुगेको छ भने रिटेन अर्निंग केही घटेर २८ करोड ३५ लाखमा सीमित भएको छ । 

समीक्षा अवधिमा सांग्रिला बैंकले ४५ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ८३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ४१ अर्ब ७९ करोड बढी निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १७.७५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यही अवधिसम्मको इपीएस १७.९९ रुपैयाँ थियो । बैंकले विषम परिस्थितिमा पनि खराब कर्जा असूलीमा सफलता हात पारेको छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म १.८९ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.२० प्रतिशतमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८४.४० प्रतिशत, आधार दर १०.६२ प्रतिशत, कस्ट अफ फण्ड ८.३८ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३५.१८ रुपैयाँ, पीई अनुपात २१.३६ गुणा, तरलता अनुपत २१.७० प्रतिशत र क्यापिटल एडेक्वेसी रेसियो १२.७९ प्रतिशत कायम भएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया