दीपक मनाङेले लिए शपथ

७ बर्ष अगाडि

पोखरा– गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराए ।  तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी भएका उनी शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि हालसम्म शपथ हुन सकेको थिएन । 

सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उनले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिएका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया