मेगा बैंकले ९ महिनामा कमायो २ अर्ब १ करोड नाफा, १ खर्ब ४७ अर्ब बढी निक्षेप संकलन

४ बर्ष अगाडि

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा २.११ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ९६ करोड १७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा  ८.१७ प्रतिशतले बढेर २ अर्ब ९९ करोड रुपैयाँ भएको छ । 

गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा २ अर्ब ७७ करोड रुपैयाँ भएको थियो । बैंकको खुद ब्याज आम्दानी भने ३.१९ प्रतिशतले घटेर ३ अर्ब ९५ करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ४ अर्ब ८ करोड रुपैयाँ भएको थियो । 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ९४.४५ प्रतिशत, कस्ट अफ फन्ड ५।८९ प्रतिशत र आधार दर १०.१० प्रतिशत रहेको छ । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० बढेको छ ।  

गत वर्ष यही अवधिसम्म रु. १६.४२ रहेको ईपीएस बढेर १६.७७ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ रु। १३६.७० र पीई अनुपात १४.१० गुणा कायम भएको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ४७ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब बढी कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । 

बैंकको खराब कर्जाको अनुपात पनि घटेको छ । गत वर्ष यही अवधिसम्म १.३१ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटेर ०.७२ प्रतिशतमा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया