नेपाल बङ्गलादेश बैंकको नाफासँगै घट्यो खुद ब्याज आम्दानी,  ईपीएस १४ रुपैयाँ ६९ पैसामा सीमित

४ बर्ष अगाडि

काठमाडौं - नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१८ प्रतिशत कम हो । 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३९.०८ प्रतिशत घटेको  छ । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । 

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ६९ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.१६ गुणा रहेको छ ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ५.८२ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको निक्षेप ५.८६ प्रतिशत घटेको छ भने कर्जा १०.९५ प्रतिशत बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया