काठमाडौं - समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले चैत २९ गतेदेखि हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याएको हो । लिलामी शेयरमा आवेदन दिन इच्छुक आवेदकले आज बैंकिङ् समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीले हकप्रद शेयरमा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गरेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।
उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने छ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ ।
शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।
प्रतिक्रिया