काठमाडौं - गरिमा क्यापिटल लिमिटेडले नयाँ वर्ष २०६९ को अवसरमा ‘आजीवन डिम्याट खाता २०६९’ अफर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले आजीवन डिम्याट खाता खोल्न चाहने हितग्राही ग्राहकहरुले १ हजार ९९९ रुपैयाँ भुक्तान गरी आजीवन हितग्राही खाता खोल्न वा नविकरण गर्न सक्नेछन् ।
यो योजनाको सुविधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी समेत लिन सक्नेछन् । योजना अन्तर्गत खाता खोल्ने ग्राहकले वर्षेनी डिम्याट तथा मेरो सेयर खाता नवीकरण गर्ने झन्झटबाट जीवनभर मुक्त हुनेछन् ।
ग्राहकहरुले यो सुविधा गरिमा क्यापिटल लिमिटेडको हात्तिसार, काठमाडौं स्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंक लिमिटडका देशैभर फैलिएका शाखा कार्यालयहरु वा गरिमा क्यापिटल लिमिटेडको वेवसाईटमा गई समेत खोल्नसक्ने क्यापिटलले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले गरिमा क्यापिटल लिमिटेडको वेवसाईटमा गई अनलाई डिम्याट नामको अप्सनमा क्लिक गरी पहिलो वर्षको लागि निःशुल्क हितग्राही तथा मेरोसेयर खाता खोल्न सक्नेछन् । योजना अन्तर्गत पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्क र मेरो सेयरको शुल्क समेत लाग्ने छैन ।
यसैगरी लगानी व्यवस्थापन सेवा ९पीएमएस० मा लाग्ने वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले लगानी व्यवस्थापन सेवामा लाग्ने वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०७९ साल असार मसान्तसम्म मात्र लागू हुनेछ । ग्राहकहरुले यो सुविधा गरिमा क्यापिटल लिमिटेडको हात्तिसार, काठमाडौं स्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंक लिमिटडका देशैभर फैलिएका शाखा कार्यालयहरु वा गरिमा क्यापिटल लिमिटेडको वेवसाईटमा गई उपभोग गर्न सक्नेछन् ।
साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड हाल गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा गरिमा क्यापिटल लिमिटेडमा रुपान्तरण भएको छ ।
प्रतिक्रिया