काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार देखिनै कार्यालय उपस्थित भई नियमित काम गर्ने भएका छन् ।
अधिकारीलाई छानवीन गर्नका लागि सरकारले समिति गठन गरेपनि निलम्बनमा परेका अधिकारीलाई नियमित काममा फर्कन अदालतले बाटो फुकाईदिएको हो ।
नेपाल सरकारको मन्त्री परिषदले गत चैत २४ गते गभर्नर अधिकारी माथि छानबीन गर्न भन्दै समिति गठन गरेको थियो । सो समिति गठन भएसँगै नलम्बनमा रहेका अधिकारी निलम्बन बदर गरि नियमित काममा फर्कन पाउनुपर्ने भन्दै दायर गरेको रिटमा सर्वोच्चले मंगलबार सुनुवाई गर्दै अल्पकालिन अन्तरिम आदेश दिएपछि उनी काममा फर्कने भएका छन् ।
अदालतको प्रारम्भिक निर्णयले नेपाल राष्ट्र बैंकको गरिमा र स्वयत्तता जोगाएको बताए । “आदेश पाउनासाथ नियमित काममा फर्कन्छु,” गभर्नर अधिकारीले भने,“”अदालतको आदेश आएपछि भोलि देखिनै कार्यालय उपस्थित भई नियमित काम गर्छु ।” अदालतले निलम्बन गरेको पत्राचार तत्कालका लागि कार्यान्वयन नगराउन भनेको छ । अदालतको आदेश सहित बुधबार गभर्नर अधिकारी कार्यालय उपस्थिती हुनेछन् ।
प्रतिक्रिया