अभियानल लघुवित्त र आत्मनिर्भर लघुवित्तले आईपीओे निष्कासन गर्ने, कुुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - दुई लघुवित्तले आईपीओ निष्कासन गर्ने भएका छन् । आईपीओ निष्कासनका लगि अभियान र आत्मनिर्भर लघुवित्तले धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । 

अभियानल लघुवित्त
अभियानल लघुवित्ते ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ ल्याउन आवेदन दिएको हो । यस कम्पनीले १०० रुपैयाँ दरको ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । 

आत्मनिर्भर लघुवित्त
आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको २ लाख ३ हजार ३८० कित्ता आईपीओ बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको सनराइज क्यापिटलले गर्नेछ । बोर्डले अनुमति दिएपछि आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया