काठमाडौं - सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा ६९.५२ गुणा बढी आवेदन परेकोे छ ।
बैशाख २ गते शुक्रबारदेखि सर्वसाधारणमा बिक्री खुला भएको सार्वजनिक निष्काशन आईपीओमा अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म २२ लाख ७७ हजार ७४३ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २ अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता सेयरको लागि आवेदन परेको छ ।
लघुवित्तले शुक्रबारदेखि ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेकोे हो ।
निष्काशित कुल सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट, तथा नेपाल धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त संस्था तथा तिनका शाखा कार्यालयहरु मार्फत बैशाख ६ गते मंगलबारसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया