काठमाडौं - लगातारको गिरावटपछि आज (मंगलबार) सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ३.६१ अंकले बढेर ४४७.७६ विन्दुमा पुगेको छ ।
कूल २२९ वटा कम्पनीको ३२ लाख १३ हजार एक सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९ सय ३२ रूपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।
प्रतिक्रिया