प्रि ओपन सेसन  : ८ स्टकको ४७० कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - आज मंगलबार कोरोबारकोे तेस्रो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन सोमबार ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा बन्द भएको नेप्से,  आज उक्त सेसनमा ३.३३ अंक बढेर २३४७.२१ विन्दुमा पुगेको हो । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९५ अंक बढेको छ ।

मंगलबार प्रि ओपन सेसनमा ८ स्टकको २ लाख १० हजार ५८५ रुपैयाँ बराबरको ४७० कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया