स्पेशल प्रि ओपन सेसनमा ग्रीन भेन्चर्सको पहिलो कारोबार, कतिमा भयो ?

३ बर्ष अगाडि

काठमाडौं - आज मंगलबार कारोबारको तेस्रो दिन स्पेशल प्रि ओपन सेसनमा ग्रीन भेन्चर्स लिमिटेडको पहिलो कारोबार भएको छ ।

कम्पनीको शेयर बैशाख ४ गते, आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । सो अनुसार सोमबारको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो । 

तथा सो दिन स्पेशल प्रि ओपनमा कारोबार नभएपछि, कम्पनीको पहिलो कारोबार आजको लागि सरेको हो । यस दिन कम्पनीको शेयर प्रतिकित्ता २७१ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई ९१ रुपैयाँ ८६ पैसादेखि २७५ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सो अनुसार कम्पनीको शेयर जीभिएल टिकरमा यस दिन कारोबार भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया