सगरमाथा इन्स्योरेन्सकोे लाभांश बीमा समितिबाट स्वीकृत, कति ?

४ बर्ष अगाडि

काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी बीमा समितिमा पठाएको थियो। सोही निर्णय बीमा समितिले स्वीकृत गरेको हो ।

सो लाभांश अब इन्स्योरेन्सको वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया