काठमाडौं - प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार संलग्न रहेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिटक्वाइन, यूएसडीटी सोलाना, इथेरियमलगायत विभिन्न क्रिप्टोको अवैध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड घर भई काठमाण्डौको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भई हाल क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचान छन्। उनीहरुलाई प्रहरीले आइतबार र सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
यी ३ जनाले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँबराबरको क्रिप्टो कारोबार गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया