श्री लालीगुराँसको सातौ सदस्य सुविधा काउन्टर नयाँ बजारमा

४ बर्ष अगाडि

ललितपुर - श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौ सदस्य सुबिधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ ।

 संस्थाले सो सुविधा काउन्टरबाट आज सोमबारबाट कारोबार शुरु गरेको हो । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजार स्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले शेयर सदस्यलाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर उद्घाटन गरेको बताए । उनले भन्नुभयो–हामी उपत्यकामा अझै केही सदस्य सुविधा काउन्टर सञ्चालन गर्नेछौ । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको सदस्यलाई थप सेवा दिन नयाबजारमा सातौ सदस्य सुविधा काउन्टर स्थापना गरेको बताए । 

उनले नेपालको उत्कृष्ठ सहकारी संस्थाको पहिचान दिन सफल संस्थाले थप सुविधा विस्तार गर्ने लैजाने बताए । उनले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए ।

पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र सूर्यविनायक तथा चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । 

प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको जानकारी गराए । संस्थाले हालसम्म करिब ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । 

बि।सं। २०५६ साल भदौ १८ गते दर्ता भै असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था वागमती प्रदेशको उत्कृष्ट सहकारी हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया