आइएमई जनरल इन्स्योरेन्सका सिईओको तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युगेशभक्त बादे श्रेष्ठले वार्षिक तलव भत्ता तथा अन्य सुविधा बापत ७८ लाख २२ हजार ६६४ रुपैयाँ बुझेका छन् । 

श्रेष्ठले गत आर्थिक वर्ष २०७७/७८ मा वार्षिक तलव तथा अलाउन्सेस बापत ६२ लाख ३१ हजार ४३० रुपैयाँ बुझेका हुन् । श्रेष्ठले नियम अनुसार मुनाफाबाट कर्मचारी बोनस बापत १५ लाख ९१ हजार २३४ रुपैयाँ प्राप्त गरेका छन् । 

कर्मचारी बोनस र तलब भत्ता बापत उनले ७८ लाख २२ हजार लिएका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया