कुवेतको एक कम्पनीले माग्यो नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको for save mart markt central company कम्पनीले २० जना पुरुष र २० जना महिला गरी जम्मा ४० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ५३ हजार बढी पाउनेछ । इच्छुक कामदारले फोर स्टार ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा बैशाख १२ गते अन्तरवार्ता दिनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया