काठमाडौं - नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा भोलि (मंगलबार) सर्वोच्च अदालतमा पहिलो सुनुवाइ (पेसी) हुने भएको छ ।
अधिकारीले आइतबार सर्वोच्चमा सरकारविरुद्ध रिट दर्ता गरेका थिए । रिटमा अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किने अन्तिम आदेश माग गरेका छन् ।
अधिकारीले सरकारले आफूमाथि कानुनविपरीत कारबाही प्रक्रिया सुरु गरेको बताएका छन् । गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो ।
प्रतिक्रिया