काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १६ करोड ६१ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा ४६.४४ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ६१.५८ प्रतिशतले बढेर २५ करोड ११ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १५ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ६०.१४ प्रतिशतले बढेर ३० करोड ७१ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १९ करोड १७ लाख रुपैयाँ रहेको थियो ।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २२.९७ रुपैयाँमा झरेको छ । गत वर्ष यही अवधिमा ईपीएस १७।२५ रुपैयाँ रहेको थियो ।
पीई रेसियो ३१.४१ गुणा रहेको संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३३.८४ र तरलता अनुपात ४.५६ प्रतिशत रहेको छ ।
चुक्तापुँजी ९६ करोड ४४ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ९ अर्ब ५४ करोड रुपैयाँ सापटी लिई १० अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्षको यही अवधिमा संस्थाले ८ अर्ब ६१ करोड रुपैयाँ सापटी लिई ८ अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
प्रतिक्रिया