काठमाडौं - आज कारोबारको दोस्रो दिन सोमबार, स्पेशल प्रि ओपन सेसनमा ग्रीन भेन्चर्स लिमिटेडको पहिलो कारोबार हुन सकेन ।
कम्पनीको शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । उक्त अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो ।
स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार नभएपछि यस दिन नियमित सेसनमा पनि कारोबार हुने छैन । कम्पनीको शेयर मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई ९१ रुपैयाँ ८६ पैसादेखि २७५ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो भने जीभिएल स्टक टिकर प्रदान गरेको छ ।
प्रतिक्रिया