बैशाख १३ देखि दोर्दी खोला जलविद्युतको आईपीओ निष्कासनमा आउने, क-कस्ले दिन पाउँछन् आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले यही बैशाख १३ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिकाका स्थानीयका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकितदर दरका १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

यो आईपीओमा दोर्दी ९साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार ९१–८० गाविसका बासिन्दाले आवेदन दिन पाउनेछन् । 

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओको निष्कासन बन्द छिटोमा वैशाख २७ गते र ढिलोमा जेठ ११ गते बैंकिङ समयपछि हुनेछ । 

स्थानीयले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन् । 

आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया