काठमाडौं - हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डबाट वैशाख ४ गते अनुमति पाएको हो ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्नका लागि स्वीकृति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ ।
त्यसपछि दोस्रो चरणमा मात्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
प्रतिक्रिया