काठमाडौं - नेपाली कामदारको प्रमुख र आकर्षक गन्तब्य रहेको मलेसियामा बिदेशी कामदारको माग खुलेसंगै बंगलादेशबाट धेरै कामदार मलेसियाबाट जाने चर्चा चलिरहेकै बेला मलेसियामा बंगलादेशका कामदार नल्याउन आग्रह गरिएको छ ।
मलेसियाको ट्रेड युनियन कंग्रेस (एमटीयुसी) ले यसै महिनादेखि मलेसिया आउने अपेक्षा गरिएका ५ लाख बंगलादेशी कामदारको प्रवेशमा ढिलाइ गर्न सरकारसँग आग्रह गरेको छ ।
एमटीयुसीका महासचिव कमरुल बहरिन मन्सोरले ठूलो संख्यामा हुने विदेशी कामदारहरूको आगमनले स्थानीय कामदारले राखेका जायज मागहरू सम्बोधनमा समस्या सिर्जना गर्ने बताएका छन् ।
एमटीयुसीले यसअघि सन् २०१५ मा १५ लाख कामदार भर्नाको प्रसंग चल्दा पनि स्थानीय कामदार शोषणमा पर्ने भन्दै ठूलो संख्यामा बंगलादेशी कामदार ल्याउन नहुने अडान राखेको थियोे ।
मलेसियाको कतिपय क्षेत्रमा बंगलादेशी कामदार नेपाली कामदारका प्रतिस्पर्धी मानिन्छन् । मलेसियन ट्रेड युनियन कांग्रेसले ठूलो संख्यामा बंगलादेशी कामदार ल्याउन भन्दा स्थानीय मलेसियन कामदारहरूलाई तालिम दिन र तिनीहरूलाई आकर्षित गर्न तलब स्केल बढाउन सुझाव दिएको छ ।
प्रतिक्रिया