ग्रीन भेन्चर्सको आईपीओ आजबाट दोस्रो बजारमा आउने, ओपनिङ रेन्ज कति ?

४ बर्ष अगाडि

काठमाडौं - ग्रीन भेन्चर्स कम्पनीको आईपीओ आजबाट दोस्रो बजारमा आउने भएको छ । चैत ८ गतेबाट सर्वसाधारणका लागि आवदेन खुल्ला गरेको थियो । 

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९१ रुपैयाँ ८६ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५८ पैसाभित्र रहेर हुनेछ । 

जीभीएल संकेतमा यसको कारोबार खुला हुनेछ । ग्रीन भेन्चर्सको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड १२ लाख ५० हजार कित्ता सेयर सूचीकरण गरिएको हो । कम्पनीले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।

 कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया