काठमाडौं - चालु आर्थिक वर्षको फागुन महिनासम्ममा बैंकहरुले १२ प्रतिशत भन्दा धेरैले नाफा बढाएका छन् ।
बैंकहरुले अनुत्पादक तर छिटो प्रतिफल आउने क्षेत्रमा उल्लेख्य लगानी गरेको हुनाले कोरोना माहामारीको समयमा नाफा बढाएका हुन् ।
चालु आवको फागुन सम्ममा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२।४२ प्रतिशतले धेरै हो । गत आवको फागुनसम्ममा बैंकहरुले ४१ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको माघ महिनामा मात्र बैंकहरुले ६ अर्ब ६ करोड रुपैयाँ खुद नाफा गरेका थिए । फागुन महिनामा बैंकहरुको नाफा माघको नाफाको तुलनामा ९.०५ प्रतिशतले बढेको छ । फागुन महिनामा बैंकहरुले ६ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।
प्रतिक्रिया