२१ करोड राजस्व चुहावट गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

३ बर्ष अगाडि

काठमाडौं - २१ करोड राजस्व चुहावट गरेको आरोपमा पाँच जना विरुद्ध मुद्दा दायर भएको छ ।

भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरु काठमाडौँ ल्याई बिक्री वितरण गरी राजश्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो । 

उच्च अदालत पाटनमा आइतबार विभागले २१ करोड २ लाख ३८ हजार ३७३ रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा ४२ करोड ४ लाख ७६ हजार ७४६ रुपैयाँ बराबरको माग दाबी लिई मुद्दा दायर गरेको हो ।

उनीहरुले मूल्य अभिवृद्धि करतर्फ ९ करोड ९६ लाख ८८ हजार ७०३ रुपैयाँ तथा आयकर तर्फ ८ करोड २७ लाख ४५ हजार ८२७ र अन्यतर्फ २ करोड ७८ लाख ३ हजार ८४२ रुपैयाँ राजस्व चुहावट गरेको विभागको आरोप रहेको छ ।

विभागका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ का रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, काभ्रेपलाञ्चोक पाँचखालका श्यामवहादुर श्रेष्ठ, वीरगञ्ज महानगरपालिका वडा नम्बर २ को विष्णु एण्ड विकेश सप्लायर्सका रमाशंकर गुप्ता, मनोज साह कलवार, गुल्मीका विष्णु एण्ड विकेश सप्लायर्सका प्रोप्राइटर विष्णु प्रसाद घिमिरे र काठमाडौंको ताहाचलमा बसोबास गर्ने भारतीय आधारकार्ड भएका अमितकुमार अग्रवाल विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया