सीवाइसी नेपाल लघुवित्तको आईपीओमा ४४.२४ गुणा बढी आवेदन, कहिलेसम्म दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा १४ लाख २८ हजार बढि आवेदन परेको छ ।

बैशाख २ गते शुक्रबारदेखि सर्वसाधारणमा बिक्री खुला भएको सार्वजनिक निष्काशन आईपीओमा आइतबार साँझ ५ बजेसम्म १४ लाख २८ हजार ४४२ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

सिडीएससीका अनुसार आइतबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ४४.२४ गुणा बढी हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा १ अर्ब ६३ करोड ४४ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ४४ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको हो ।

लघुवित्तले शुक्रबारदेखि ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो । निष्काशित कुल सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट, तथा नेपाल धितोपत्र बोर्डबाट सि९आश्वा अनुमति प्राप्त संस्था तथा तिनका शाखा कार्यालयहरु मार्फत बैशाख ६ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया