दुई  लघुवित्त र एक फाइनान्सको शेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनश शेयर सूचिकृत भएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनश शेयर सूचिकृत भएको होे ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ६ लाख ८५ हजार ४०१ कित्ता बोनश शेयर सूचिकृत भएको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो ।

छिमेक लघुवित्त
छिमेक लघुवित्तको ४९ लाख ४१ हजार कित्ता शेयर सुचिकृत भएको छ । छिमेक लघुवित्तले गत पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ प्रतिशत बोनश शेयर सुचिकृत गारएको हो ।

मनकामना स्मार्ट लघुवित्त
मनकामना स्मार्ट लघुवित्तको २ लाख ५ हजार ९५५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । मनकामना स्मार्ट लघुवित्तले पुस १९ गते सम्पन्न साधारण सभाबाट पारित १७ प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो ।ख

४ बर्ष अगाडि

प्रतिक्रिया