काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ सूचिकृत भएको छ । कम्पनीको ३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल जीभिएल रहेको छ ।
कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ९१ रुपैयाँ ६ पैसादेखि २७५ रुपैयाँ ५८ पैसा रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
अब कम्पनीको शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया