काठमाडौं - नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिन आइतबार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२८ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा इक्वीटी फण्ड,सिद्धार्थ इक्वीटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र लक्ष्मी इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको छ । उक्त ५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी सनराइज फर्स्ट म्युुचुअल फण्डको २ लाख २२ हजार इकाई खरीद माग रहेको छ ।
त्यसैगरी सानिमा इक्वीटी फण्डको १ लाख ४० हजार ४७५ इकाई, सिद्धार्थ इक्वीटटी फण्डको १ लाख ३२ हजार ४३० इकाई,एनआईसी एशिया ग्रोथ फण्डको १ लाख २५ हजार ५५० इकाई र लक्ष्मी इक्वीटी फण्डको १ लाख २ हजार ६०० इकाई खरीद माग रहेको छ।
प्रतिक्रिया