'ए मेरो हजुर-४' ले कमायो तीन दिनमै २ करोड ४३ लाख, 'केजीएफ-२' ले कति ?

३ बर्ष अगाडि

काठमाडौं - झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्‍यो । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान छ ।

३ करोड लगानी बताइएको यो लभस्टोरी फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । भारतीय फिल्म ‘केजीएफ स् च्याप्टर २’ले तीन दिनमा झन्डै ६ करोड ग्रस कलेक्सन गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया