सिवाईसी नेपाल लघुवित्तको आईपीओमा अहिलेसम्म कति पर्‍यो आवेदन, कहिलेसम्म दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार बिहानसम्म ३६ गुणा बढिले आवेदन दिएका छन् । 

संस्थाले गत वैशाख २ गतेबाट चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ । जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरिएको हो । 

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

सीडीएससीका अनुसार आज बिहान १० बजेसम्म यो आईपीओमा ११ लाख ६७ हजार ५१८ आवेदकले १ करोड ३४ लाख १९ हजार ८७० कित्ता खरिदका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ३६.३२ गुणाले बढी हो । 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार भाग्यमानी ३६ हजार ९४८ जना १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै भाग्यमानीमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् । 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन दिने म्याद वैशाख ६ गते बैंकिङ समयपछि समाप्त हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया