लेखापरि क्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने युनियन लाइफले बोलायो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा वैशाख २३ गते गर्ने भएको छ । कम्पनीले सभा टाइगर प्यालेस रिर्सोट भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे गर्ने जानकारी दिएको हो । 

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरि क्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख १३ गते एक दिन बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा बैशाख १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया