एजेन्सी - भारतको विदेशी मुद्रा सञ्चिती अक्टोबर २०२१ मा रेकर्डतोड उचाइमा थियो । त्यतिबेला यो ६४२ अर्ब डलर सञ्चिती थियो ।
मार्च २०२२ को अन्त्यसम्म यो ६०७ अर्ब डलरमा झरेको छ । जब कि डिसेम्बर २०२१ मा भारतमा आयात गरिएका सामानको मूल्य हालसम्मकै उच्च ६०.३ अर्ब डलर पुगेको थियो ।
भारत अझै पनि विश्वमा लगानीका लागि सबैभन्दा मनपर्ने गन्तव्यमध्ये एक हो । तर, सन् २०२१ अक्टोबरदेखि २०२२ जनवरीसम्मको अवधिमा भारतमा प्रत्यक्ष विदेशी लगानी घटेको छ ।
प्रत्यक्ष विदेशी लगानीले देशभित्र र बाहिर कुल एफडीआईबीचको भिन्नतालाई बुझाउँछ । भारतमा अक्टोबर–जनवरीमा यो ११ अर्ब डलरसम्म पुगेको छ । जब कि गत वर्ष अक्टोबर २०२० देखि जनवरी २०२१ सम्मको अवधिमा यो १८.९ अर्ब डलर थियो ।
आर्थिक वर्ष २०२१–२२ को पहिलो र दोस्रो त्रैमासमा भारतमा ठूलो मात्रामा लगानी गरेका विदेशी पोर्टफोलियो लगानीकर्ता र एफडीआई कम्पनीहरु कोभिडको नयाँ लहरको डरले तेस्रो त्रैमासमा भारतीय बजारबाट निस्कन थालेका छन् ।
कोभिडबाहेक भारतमा विदेशी मुद्राको सञ्चिती घट्नुको पछाडि अमेरिकाको मौद्रिक नीति, भूराजनीतिक अवस्था र सेयर बजारमा आएको गिरावट पनि मुख्य कारण हुन् ।
प्रतिक्रिया