काठमाडौं - दुई लघुवित्तले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका छन् ।
समता घरेलु लघुवित्त र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका हुन् । यी दुवै लघुवित्तले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनका लागि निवेदन दिएका छन् ।
समता घरेलु लघुवित्त
सेबोनले अनुमति दिएमा समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्नेछ । संस्थाले एफपीओ जारी गर्नका लागि प्रतिकित्ता १५९.०७ रुपैयाँ कायम गरेको छ । समता घरेलु लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
उन्नति सहकार्य लघुवित्त
उन्नति सहकार्य लघुवित्तले १ लाख ७८ हजार ५४१ कित्ता एफपीओ जारी गर्नेछ । एफपीओको प्रतिकित्ता भने १५९ रुपैयाँ तोकिएको छ । उन्नति सहकार्य लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया